आजबाट आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेलसुरु पहिलो खेलमा भारत र न्युजिल्याण्ड भिड्दै


आजदेखि भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलको खेलहरु शुरु हुँदैछन्। भारत र न्युजिल्याण्ड बीचको पहिलो सेमिफाइनल खेल दिउँसो सवा २ बजे वाङखडेमा हुनेछ।

त्यस्तै गरि दक्षिण अफ्रिका र अष्ट्रेलिया दुईटा टोली दोस्रो सेमिफाइनलमा खेल्नेछन्। यो खेल दिउँसो सवा २ बजे इडेन गार्डेनमा सुरु हुनेछ। दक्षिण अफ्रिका नौमध्ये सात खेल जितेको दोस्रो र अष्ट्रेलिया नौ खेलमा सातवटा खेल जितेको आधारमा तेस्रो स्थानमा रहेको छ। फाइनलमा पुग्ने दुई टोलीले नोभेम्बर १९ गते आइतवारमा खेल्नेछन्।

Post a Comment

Previous Post Next Post